स्थानीय प्रशासनले सिरहामा जारी गरेको निषेधाज्ञा हटाइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय प्रशासनले सिरहामा जारी गरेको निषेधाज्ञा हटाइयो


१३ पुस २०७८, मंगलबार


जनकपुर । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि लगाएको निषेधाज्ञा साँझबाट हटाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलान खोलादेख पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासको क्षेत्र र चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म लगाइएको निषेधाज्ञा आज साँझबाट हटाइएको जानकारी दिए ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि बुधबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियोे ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेको थियो । जिल्ला अदालत सिरहाले पक्राउ परेका यादवलाई आज तारेखमा छाड्न आदेश दिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस