२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफ र प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही

अ+ अ-

काठमाडौँ । बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ र २०७६/७६ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रूपमा २९ जना नियुक्त गरेको भनिए पनि अनुसन्धानका क्रममा सो खुल्न नआएकाले उक्त कम्पनीलाई कानुनबमोजिम कारबाही गर्न पत्र काटिएको बिमा समितिले जनाएको छ ।

सो विषयमा गत मङ्सिर २४ मा बिमा कम्पनीसँग स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका २०७५ अनुसार कारबाही गरिएको हो ।

‘तलब भत्ता निर्धारण नै नगरी कर्मचारी खर्चका नाममा ३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गर्दै कर्मचारी नियुक्त गरेको भनिए पनि उनीहरूको हाजिरी नै नभएको र कर्मचारी विनियमावलीबमोजिम नियुक्त गरेकोसमेत नदेखिएको समितिले जनाएको छ ।

नक्कली बिमालेख सम्बन्धमा पनि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको बताइएको छ । ‘बिमा कम्पनीबाट आधिकारिक रूपमा बिमालेख जारी गर्नुपर्नेमा कम्पनीको कमजोर आन्तरिक नियमन प्रणालीका कारण कर्मचारी प्रकाश रेग्मीले कार्यालयको छाप, कागजात प्रयोग गरी नक्कली बिमालेख जारी गरेको भेटियो,’ बिमा समिति सञ्चालक समितिको निर्णयमा भनिएको छ । उल्लिखित विषयमा उच्च अदालत पाटनले पनि कम्पनीको विपक्षमा फैसला गरेको छ ।

‘वैदेशिक रोजगार बिमालाई सुरक्षित, मर्यादित र व्यवस्थित नगरी समितिको निर्देशन उल्लङ्घन गरेको देखिएकाले बिमकलाई बिमा ऐन २०४९ को दफा ३६ को उपदफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना किन नगर्ने रु’ समितिको निर्णयमा भनिएको छ । उक्त जरिवाना हुन नपर्ने भए पत्र पाएको ७ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेस गर्न समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई पनि कारबाही गरेको छ । नियम विपरीत एकभन्दा बढी समिति/उपसमितिमा सञ्चालकहरूलाई आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेकोलगायत विषयमा समितिले कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यही पुस ६ मा बसेको समितिको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयमा भनिएको छ ‘उक्त कम्पनीमा १४ वटा समिति/उपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ र विमल ढकाल ३ वटा समिति/उपसमितिमा संयोजक रहेको देखिन आएको हुँदा यस समितिबाट जारी बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ को व्यवस्था विपरीत रहेको देखियो’

निर्देशिकामा एउटा समिति तथा उपसमितिमा संयोजक रहेको रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ । कम्पनीका सहायक महाप्रबन्धक अमित कुमार कयाललाई आवश्यक योग्यता नपुगेकै अवस्थामा नायब महाप्रबन्धक पदमा नियुक्त गरेका विषयमा पनि नेपाल लाइफ इन्स्योरेन्सलाई समितिले कारबाही गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस