सुरु भयो माओवादी केन्द्रको बन्दसत्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुरु भयो माओवादी केन्द्रको बन्दसत्र


१२ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ ।

मध्यान्ह १२ बजेदेखि राजधानीको कमलादीमा बन्दसत्र सुरु भएको हो । ​बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ ।

सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस