समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य : भुसाल « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य : भुसाल


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पार्टीको उद्देश्य भएको बताएकी छन् ।

आज (आइतबार) माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन मन्त्री भुसालले सो कुरा बताएकी हुन् ।

मन्त्री भुसालले समाजवाद उन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने पनि बताइन् ।

नेतृ भुसालले टोलदेखि वडा, पालिका प्रदेश र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेपछि अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस