प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


१० पुस २०७८, शनिबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक९दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस