एमाले काठमाडौँको लोगो सार्वजनिक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमाले काठमाडौँको लोगो सार्वजनिक


८ पुस २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो पार्टीको काठमाडौँ जिल्ला कमिटीको अधिवेशनको लोगो आज सार्वजनिक गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो ।

काठमाडौँका १३८ वडा र ११ नगरका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले मूल व्यवस्थापनअन्तर्गत तयारीका बारे बैठकमा जानकारी गराएका थिए । एमालेले यही पुस २३ गते सबै जिल्लाको अधिवेशन गर्दैछ ।

बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र डा राजन भट्टराई, पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, शान्ति अधिकारी, सरिता न्यौपानेलगायत सहभागी थिए । सो कमिटीका सचिव दीपक निरौलाले अधिवेशनले सकेसम्म सहमतिमा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस