चार्ल्स शोभराजलाई थुनामा राखेको बारेमा सर्वोच्चको कारण देखाऊ आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चार्ल्स शोभराजलाई थुनामा राखेको बारेमा सर्वोच्चको कारण देखाऊ आदेश


८ पुस २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

शोभराज कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

विकिनी किलर पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस