२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा चार हजारको मतदाता नामावली दर्ता

अ+ अ-

दमौली । तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ ।

पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो ।

भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, बन्दिपुर गाउँपालिकाबाट ९२५ र देवघाट गाउँपालिकाबाट ७०८ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो । यही अवधिमा प्रशासन कार्यालयबाट ३६३ र निर्वाचन कार्यालयबाट १३८ जनाको नामावली सङ्कलन भएको थियो ।

जिल्ला बाहिरका ३१ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएको उनले बताए । यसबीचमा चार हजार ४४६ जनाको विवरण सङ्कलन भएको छ । ‘दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,’ उनले भने,’परिचयपत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुनसक्छ ।’

दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाटै सङ्कलन अभियान सुरु गरिएको हो ।

मतदाता नामावली सङ्कलनका लागि नौ दर्ता स्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्ता स्थल सहायक गरी ३२ कर्मचारी परिचालन गरिएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि/प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता पुगेका थिए ।

विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार ८१७ मतदाता थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस