लिबियामा राष्ट्रपतिको निर्वाचन जनवरीमा सार्ने प्रस्ताव « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लिबियामा राष्ट्रपतिको निर्वाचन जनवरीमा सार्ने प्रस्ताव


८ पुस २०७८, बिहिबार


त्रिपोली । लिबियाको राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको छ ।

यही शुक्रबारका लागि तय गरिएको निर्वाचनलाई स्वास्थ्य सङ्कटलगायतका कारण देखाउँदै जनवरी २४ मा गर्ने गरी आयोगले प्रस्ताव गरेको छ ।

राष्ट्रपति निर्वाचनसम्बन्धी कानुनबमोजिम आयोगले मतदानको दिन स्थगनको घोषणा गर्न सक्छ ।

आयोगको आग्रहअनुसार लिबियाली संसद्ले ३० दिनभित्र नयाँ मिति तय गर्न सक्ने संवैधानिक प्रावधान छ ।

आयोगले संसद्सँग परामर्श गरेपछि पहिलो चरणको निर्वाचनलाई सन् २०२२ को जनवरी २४ का लागि प्रस्ताव गरेको रुसी समाचार संस्था स्पुत्निकले लिबियाली अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस