२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजे मतदान हुने

अ+ अ-

जनकपुर । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उनले बताए ।

हिजो मङ्गलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आज बिहान ८ बजेदेखि मतदानको समय तालिका निर्धारण गरिएको थियो । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मतदान कार्यतालिका परिवर्तन गरी दिउँसो १ बजेदेखि हुने निर्वाचन समितिले तय गरेको थियो । तर अझै मतपत्र छपाइ हुन नसकेकाले मतदान प्रक्रिया स्थगित गरिएको जनाइएको छ ।

यसअघि आजै मतदान हुनुपर्ने र रातिको समयमा मतदान गर्न नहुने भन्दै दुई पक्षबीच केही बेर झडपसमेत भएको थियो । दुई समूहबीच झडप हुन थालेपछि अधिवेशन स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

संस्थापन पक्षबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठ, सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रिता यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस