राष्ट्रसङ्घद्धारा यमनलाई दिँदै आएको सहयोग कटौती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रसङ्घद्धारा यमनलाई दिँदै आएको सहयोग कटौती


७ पुस २०७८, बुधबार


साना । संयुक्त राष्ट्रसङ्घको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती भएको छ ।

राष्ट्रसङ्घ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिँदै आएको सहयोगमा कटौती भएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

‘द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसङ्घको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,’ डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

सहयोग कटौती गर्दा यमनमा खाद्य सङ्कट पर्ने खतरा हुँदा हुँदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई छ । यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ ।

द्वन्द्वका कारण ठुलो जनधनको क्षति भएको छ भने खाद्य सङ्कट पनि उत्पन्न हुने गरेको छ । देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नु पर्ने अवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस