३५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ


७ पुस २०७८, बुधबार


पक्राउ

काठमाडौँ । बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का हुन् ।

५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको छ ।

रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।

खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् । जरिवाना रकम तिरेमा उनि एक महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस