काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १४१ वटा नमुना परीक्षण गर्दा २२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७४ पुगेको छ ।
आज २६३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।