२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६/०७७ र आव २०७७/७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुने बित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए।

उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए ।

प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे ।

एमालेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए ।

त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको सभाध्यक्ष तिमिल्सनाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस