१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिँदैनौँ : मुख्यमन्त्री भट्ट

अ+ अ-

डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमी हुन नदिइने बताएका छन् ।

दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए ।

उनले भने, ‘कुनै पनि नागरिकले उपचार नपाएर अकालमै ज्यान नजाओस् भन्ने हाम्रो लक्ष्य हो, स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिँदैनौँ ।’

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो । सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ ।

उक्त मेडिकल स्थापनापछि यहाँका लाखौँ नागरिक लाभान्वित हुनाका साथै घरैमा उपचार पाउने आशा गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिए । बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था चाँडै गरिने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस