२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

अ+ अ-

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो ।

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोर्डना खोप खोप केन्द्रमा पठाएको छ ।

आइतबारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन अशिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए ।

खार्पुनाथ ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली एक हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए । खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई मोर्डना खोप एक साथ दिइने भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य सबै वडामा खोप लगाइने भएको उनले जानकारी दिए । लिमीमा चिसो र हिमपात भएका कारण स्वास्थ्यकर्मी पुग्न नसक्ने भएकाले यहाँका बालबालिकालाई न्यानो भएपछि मात्रै खोप लगाइने भएको हो ।

जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ । जिल्लामा रहेका नौ हजार नौ सय चालीसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि जिल्लामा ६ हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले बताए ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ का सहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस