काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ वटा नमुनाको परीक्षण गर्दा १८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७३ पुगेको छ ।
त्यस्तै आज २८९ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।