सर्लाही। सशस्त्र प्रहरीले श्रोत नखुलेको नक्कली रूपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।
बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर(१० गण सर्लाहीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सशस्त्रले नक्कली नेपाली १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।