आज काठमाडौँको तापक्रम ३ डिग्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज काठमाडौँको तापक्रम ३ डिग्री


३ पुस २०७८, शनिबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आजराति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा बदली रहनेछ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

शनिबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।

महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३।४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ।
काठमाडौँसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस