१७ लाख पाकिस्तानी बालबालिकाको पाँच वर्ष नपुग्दै कुपोषणका कारण मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१७ लाख पाकिस्तानी बालबालिकाको पाँच वर्ष नपुग्दै कुपोषणका कारण मृत्यु


२ पुस २०७८, शुक्रबार


इस्लामावाद । कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच वर्षभन्दाअघि मृत्यु हुने गरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताएका छन् ।

पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलार्ई उद्धृत गरी उल्लेख गरेको छ ।

मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्त्वपूर्ण सूक्ष्म पोषक तत्त्व जिङ्कको अपर्याप्तता हुने गरेको स्वीकार गरे ।

बुधबार ‘जिङ्क गहुँको प्रयोगमार्फत जिङ्कको कमीलाई सम्बोधन’ कार्यक्रममा उपस्थित मन्त्रीले इमामले भने, ‘हार्भेस्टप्लस’को सहयोगमा पाकिस्तानमा परम्परागत तीन किसिमका जैविक गहुँ बालीलाई लगाउन प्रोत्साहन गर्न बजारमा बिउ पठाइएको छ ।’

उनले प्रभात पत्रिकासँगको कुराकानीमा भने, ‘हाम्रो संयुक्त प्रयासमा यस वर्ष तीन लाख ६० हजार हेक्टरमा जैविकरूपमा सुदृढ गहुँका जातीहरू खेती गरिएका छन् ।’

बाली लगाउने समयमा चालु बालीसँगै १ लाख ६० हजार मेट्रिक टनभन्दा बढी जैविक रूपमा गहुँको दाना उत्पादन हुने अपेक्षा गरिएको फाखर इमामले बताए । कुपोषण र खानपानका कारण रुग्णता र मृत्युदर बढ्न गएको पानाहाका महासचिव सनौल्लाह घम्मनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस