काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८४ जना कोभिड सङ्क्रमित थपिएका छन् । ११ हजार १८ वटा नमुनाको परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै आज २६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५२६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ ।