काठमाडौँ । पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरबाट ३०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरी सोही अवधीमा कोरोना भाइरस संक्र्रमणकाकारण ६ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६३५ रहेको छ ।