देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने थापाको अपेक्षा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने थापाको अपेक्षा


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकाँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।​

१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

थापाले लेखेका छन्, ‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस