आज एमालेका ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज एमालेका ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ ।

बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस