सभापतिमा निधिले पनि देउवालाई समर्थन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभापतिमा निधिले पनि देउवालाई समर्थन गर्ने


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । काँग्रेस सभापतिको दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

आज (मंगलबार) देउवाले निधिलाई उनकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गरेका थिए ।

संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् । निधिको सचिवालयले औपचारिक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस