२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकाको तापक्रम घट्दो क्रममा

अ+ अ-

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी कारण भएको विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जानेछ’, उनले भनिन् ।

काठमाडौँ उपत्यकासहित देशभरको अधिकतम तापक्रमसमेत दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घट्न थालेको बताइएको छ ।

आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम चार दशमलव तीन डिग्री सेल्सियसमा झरेको छ । आइतबार उपत्यकाको तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस थियो । अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

हाल देशको प्रदेश नं १, २ का पूर्वी भूभाग र प्रदेश नं ५ का पश्चिमी भूभागलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मङ्गलबार लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री र अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस