साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु


२७ मंसिर २०७८, सोमबार


रियाद । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ ।

सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ । शनिबारदेखि यहाँको मारिब प्रान्तमा सायदी सेनाले निरन्तर रुपमा कारबाही जारी राखेको बताइएको छ ।

उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अरेबियाको सरकारी प्रेसले शनिबार जनाएको थियो । तर आइतबार यसमा वृद्धि भएको छ ।

सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टि गरेको जानकारी दिएका छन् ।

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठुलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

साउदी सेनाको नेतृत्वको हवाई सेनाले शनिबारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन् । शनिबारदेखि कम्तीमा पनि ३६ ओटा साना ठुला आक्रमणहरु गरेको पाइएको छ ।

शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २१ ओटा आश्रय स्थल र केही सवारी साधनहरु ध्वस्त पारिदिएको बताइएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस