दोस्रो चरणमा देउवाविरुद्ध एक हुन्छौँ : नेता निधि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दोस्रो चरणमा देउवाविरुद्ध एक हुन्छौँ : नेता निधि


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाट भए पनि शेरबहादुर देउवालाई पराजित गर्ने बताएका छन् ।

महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दाबी गरे ।

‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौँ’, निधिले भने ।

पार्टीभित्र सर्वसम्मतिका लागि आफूले प्रयास गरे पनि सफल नभएको भन्दै निधिले नेतृत्व परिवर्तनका लागि सबै एकै ठाउँ उभिनुपर्ने बताए ।

उनले महाधिवेशनबाट काँग्रेस नेतृत्व परिवर्तन गर्ने तथा महाधिवेशनपछि सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस