कांग्रेस सभापतिमा शेरबहादुर देउवाले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले गराए उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार साढे ४ बजे उनले आफ्ना टिमका सदस्यसहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् ।

यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहेका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस