इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति


२५ मंसिर २०७८, शनिबार


जनकपुरधाम । सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

हरिवन नगरपालिका–११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज.२प.९५७६ नम्बरको मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस