२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यावधिक हुँदैन मृतकको नामावली

अ+ अ-

बलेवा । निर्वाचन आयोगले विशेष अभियान सञ्चालन गरेर बागलुङ जिल्लाभर छुटेका मतदाताको नामावली सङ्कलनको काम गरिरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयलाई यतिबेला छुटेका मतदाताको तथ्याङ्क प्रविष्ट गर्न भ्याइनभ्याई छ । पुसको पहिलो साता सकिने विशेष अभियानपछि जिल्लामा कुल मतदाताको तथ्याङ्क आउने छ ।

विशेष अभियान सञ्चालन भएको बेला होस् वा अन्य समयमा जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा आफ्नो नाम लेखाउनेहरु प्रशस्तै भेटिन्छन् । तर, आफ्नो परिवारका मृतक सदस्यको नाम सूचीबाट हटाउन भने कसैले चासो राख्दैनन् ।

मतदाता नामावलीमा नाम भएका जो–कोहीले मताधिकार प्रयोग गर्न पाउँछन् । उसको मृत्यु भएपछि नामावलीबाट नाम हटाउन एउटा फाराम भर्नुपर्छ । ‘एउटै फाराम भरेर ल्याउँदा जिल्ला निर्वाचन कार्यालयले नाम हटाइदिन्छ, तर यसरी हटाउन आउनेको सङ्ख्या शून्य छ’, जिल्ला निर्वाचन अधिकारी नारायणदत्त शर्मा ढुङ्गानाले भने, ‘हामीले अभियान चलाउँदा मात्रै तथ्याङ्क घट्छ, नत्र कोही आउँदैनन् ।’

जिल्ला निर्वाचन कार्यालयबाट मात्रै यो सुविधा लिन सकिने भएकाले सर्वसाधारणका लागि समस्या छ । मृत्यु भइसकेका मतदाताको नाम हटाउन कार्यालयले अभियान चलाउनुपर्ने राजनीतिक दलहरुको आग्रह छ ।

‘यो काम सके पालिकालाई जिम्मा लगाउनु पर्छ, मृत्यु दर्ता गर्दा नै निर्वाचनको फाराम पनि भर्ने व्यवस्था गर्दा हुन्छ’, नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले भने, ‘होइन भने अभियान चलाउनु पर्छ ।’

मतदाताको तथ्याङ्क वास्तविक नहुँदा निर्वाचनको समयमा खस्ने मत र त्यसको परिणाम आँकलन गर्न कठिन हुने उनको धारणा छ । २०७७ साल जेठ यता मृत्यु भएका कसैको पनि तथ्याङ्कबाट नाम नहटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्मा बताउछन् ।

‘आयोगले कार्यक्रम बनाउँदा मात्रै हामीले अभियान सञ्चालन गरेर नामावली अध्यावधिक गर्न सक्छौं, अन्य समयमा हामीसँग जनशक्ति र स्रोतको अभाव रहन्छ’, उनले भने ।

जिल्लामा विशेष अभियानमा सहभागी भएका मतदाताको तथ्याङ्क अध्यावधिक हुनुपूर्व एकलाख ८३ हजार १५ जना मतदाता छन् । यीमध्ये कतिको मृत्यु भइसकेको छ भन्ने तथ्याङ्क छैन ।

जिल्लाका सबै स्थानीय तहमा पुगेर यतिबेला छुटेका मतदाताको नामावली सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रहेको बागलुङ नगरपालिका र इलाका प्रशासन रहेको ढोरपाटन नगरपालिकाबाहेक जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि सबै स्थानीय तहमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस