काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई अरुको नीतिको पछि लाग्ने नभइ आफ्नो नीतिमा अरुलाई पछि लगाउन आग्रह गरेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ुनेपाली कांग्रेस सबैलाई साथ लिएर अघि बढोस् मेरो कुनै आपत्ति छैनु,ुतर नेपाली कांग्रेस अरूका नीतिका पछाडि होइन अरुलाई आफ्ना नीतिमा हिँडाओस्।’
उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्रै होइन सरकारको नेता पनि हुन भन्दै व्यंग्यात्मक शुभकामना दिए। ‘प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुस् भन्ने शुभकामना छ ।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले केही साना दलहरूलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने चिन्ता रहेको टिप्पणी गरे। उनले भने ‘सधैं सुन्छु संगै जानुपर्छ, संगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन पनि हो?’, ओलीले भने, ‘देश निर्माणका लागि नेकपा एमाले कांग्रेससँग छ।’