नफुटेको पार्टी कुनै भएन, हामी कहाँनेर चुक्यौं ? : राजेन्द्र लिङ्देन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नफुटेको पार्टी कुनै भएन, हामी कहाँनेर चुक्यौं ? : राजेन्द्र लिङ्देन


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले राजनीतिक आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको उल्लेख गरे ।

उनले महाधिवेशन एउटा औपचारिकता र वैधानिक पूरा गर्नेभन्दा पनि नेतृत्वको बिग्रेको छवि सुधार्ने अवसरको रुपमा लिनुपर्ने बताए । ‘२०४६ सालपछि बनेका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न सकेनन् । नफुटेको पार्टी कुनै भएन । कहाँनेर त्रुटि भयो ? कहाँनेर हामी चुक्यौं ?’ पछिल्लो समय कान्छो पार्टीको रपमा रहेको विवेकशीलसाझा पाटेकाले आफु र आफ्नो पार्टी भित्रको त्रुटि औल्यार अघि बढ्नुपर्ने उनको भनाई थियो ।

उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै भने, ‘म यतिबेला सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु । देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ’ उनले भने,’ सरकार सरकार जस्तो छैन, संसद् संसद्‌ जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले रु यसलाई ठीक लगाउने राजनीति हो । तर राजनीति ठीक छैन । यो राजनीति ठीक लगाउने नेताहरूले हो । तर नेताहरूले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस