२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्गठन विस्तार

अ+ अ-

डोटी । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा सङ्गठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

उनका अनुसार हालसम्म यहाँका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, सायल र आदर्श गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको छ ।

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराका अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षमा ३९ सदस्यीय, केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय, सायलमा नरी चुनाराको अध्यक्षता १८ सदस्यीय र आदर्शमा रमेश विष्टको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेको बोगटान फुड्सिल गाउँपालिकामा एक/दुई दिनभित्रै नेतृत्व चयन गरिने अध्यक्ष बोगटीले बताए ।

जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार गरिसकेपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने एकीकृत समाजवादीले जनाएको छ । नेकपा (एमाले)सँग विभाजन भएपछि उक्त पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस