काँग्रेस केन्द्रीय समितिको बैठक सकियो, पदाधिकारी बढाउने प्रस्ताव पेस भएन « प्रशासन
Logo ५ जेष्ठ २०७९, बिहिबार
   

काँग्रेस केन्द्रीय समितिको बैठक सकियो, पदाधिकारी बढाउने प्रस्ताव पेस भएन


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ ।

आज (बिहीबार)को बैठकमा पदाधिकारी थप गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरिएको भए पनि पेस नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अन्तिम समयमा पदाधिकारी र केन्द्रीय समितिको सङ्ख्या थप गर्दा महाधिवेशन प्रभावित हुन सक्ने भन्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आपत्ति जनाएका थिए । उनीहरु दुवै जना आजको बैठकमा पनि अनुपस्थित थिए ।

सम्बन्धित समाचार : काँग्रेसमा तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी

Tags :
प्रतिक्रिया दिनुहोस