२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतमा झन् बढ्यो कोरोना सङ्क्रमण , एकै दिन ५१ हजार जना सङ्क्रमित

अ+ अ-

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् ।

सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजार भन्दा बढी मानिस यहाँ सङ्क्रमित भएका छन् ।

अघिल्लो हप्ता यहाँ सङ्क्रमित केही घटेका थिए । तर बुधबार भने यहाँ यति धेरै सङ्क्रमित देखिएका बताइएको हो । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ ।

बेलायतमा सोमबार मात्र १६१ जना यो सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

तर पनि पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस