दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिन उच्च अदालतको आदेश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिन उच्च अदालतको आदेश


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । भारतको जेलमा विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।

उच्च अदालतले ७ डिसेम्बर (मंसिर २१ गते) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस