आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने तथा अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बिहीबार दिउँसो प्रदेश नम्बर १ को भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइ अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन् ।

प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै राति प्रदेश १ र प्रदेश २ को भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस