काँग्रेस सभापतिको उम्मेदवार टुंग्याउन पौडेल समूह पनि बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस सभापतिको उम्मेदवार टुंग्याउन पौडेल समूह पनि बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।

मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरि नेताहरू छलफलमा जुट्ने भएका हुन् ।

आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ ।

पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाको दाबी छ । महामन्त्री डा। शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।

आजै उम्मेदवार चयन गर्न काँग्रेसको संस्थापन समूको बैठक पनि बस्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस