महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ


२१ मंसिर २०७८, मंगलबार


कैलाली । डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ ।

जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह माल ‘डायमन्ड’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा अध्यक्ष शेरसिंहलाई आज (मङ्गलवार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) देवेन्द्र पालले बताए ।

१० गते महिला माथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । महिलाको जाहेरी पछि माललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस