२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्सले खतराजन्य पदार्थ ढुवानी गर्न पाउने

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको छ ।

आज (सोमबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बिच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री प्रेम आलेले आफूले मन्त्रालय अनावश्यक खर्च कटौती गर्दै लागको दाबी गरे । नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले नेपाली ध्वजावाहक जहाजलाई नाफामा लैजाने चाहना राखेको बताए ।

‘वायु सेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ,’ उनले भने, ‘हामी चाहान्छौं कम भन्दा कम खर्च गरेर नेपाल ध्वजावाहक जहाज नाफामा जाओस् ।’

अहिले पनि ५० अर्ब भन्दा बढी ऋण रहेको भन्दै उनले ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु पर्ने अवस्था चिन्ताजनक भएको उल्लेख गरे । ‘निगमले किस्ता तिर्न र ब्याज तिर्न सकेका छैन । यस्तै समस्या समाधान गर्नका लागि म यहाँ आएको छु’ उनले भने ।

मन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे । खतराजन्य पदार्थ आयात-निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए ।

‘व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा कम्तीमा अब सोझै आउन सक्ने भयो । त्यो पनि एउटा उपलब्धि हो’ उनले भने । उनले यात्रु नभएको फ्लाइट पनि यस्ता पदार्थ बोक्दा नाफा हुने बताए ।

आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस