पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७११४ पीसीआर र १५०३ एन्टीजेन नमुना परीक्षण गर्दा ती सङ्क्रमित पुष्टि भएका हुन् ।

यस्तै आज (सोमबार) थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । ३५७ जना निको भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमित सङ्ख्या ६३८६ जना छन् । १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० भन्दा उच्च छ ।

सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा सङ्क्रमण शून्य छ ।

काठमाडौँ जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना सङ्क्रमित थपिएका छन् ।

कूल सङ्क्रमित सङ्ख्या ८ लाख २२ हजार ८३० (पीसीआर परीक्षण गर्दा) पुष्टि भएका छन् भने ९५ हजार ६१९ एन्टीजेन परीक्षणमा पुष्टि भएका छन् । निको हुने सङ्ख्या ८ लाख ४ हजार छ ।

कूल मृत्यु हुने सङ्ख्या ११ हजार ५४३ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस