२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ र २ का लागि खुल्यो एपिएफ स्कुल

अ+ अ-

सप्तरी । सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आज उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज एक समारोहबीच उद्घाटन गरे।

कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए। खनालले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भए सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र विकास हुने बताए ।

सशस्त्र प्रहरी बललाई विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले आठ बिघा ११ कट्ठा जग्गा उपलब्ध गराएका हुन् । ‘ढुङ्गा खोज्दा देउता मिल्यो’, महानिरीक्षक खनालले भने, ‘जग्गा खोजिरहेका बेला मनकारी भगतजीले चाँडो स्कुल बनाउने हो भने जग्गा दिन्छु भन्दै आउनुभयो ।’

कार्यक्रममा जग्गादाता भगत र उनकी श्रीमती ठाकोदेवी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गरे । विद्यार्थी भर्ना गर्ने र शिक्षा दिने कार्य महत्वपूर्ण हो तर शिक्षाको वातावरण बनाइदिने महान् कार्य हो भन्दै खनालले भगत दम्पतीको प्रशंसा गरे ।

सम्मानित भगतले नवनिर्मित विद्यालय भविष्यमा क्याम्पस बन्ने सपना देखेको र सोका लागि थप दुई/तीन बिघा जग्गा दान गर्ने मनमनै सङ्कल्प गरिसकेको बताए ।

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु छ करोड ५१ लाख खर्च भएको बताए । यसैगरी उनले छात्रावास, मेस, ब्यारेकका लागि रु सात करोड ४९ लाखको काम भइरहेको जानकारी दिए ।

विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त, असहाय, गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । सन् २००५ मा स्थापित नेपाल एपिएफ स्कुल प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा विद्यालय सञ्चालन हुनेछ ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, बराह वाहिनी सुनसरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगर, प्रधान कार्यालयको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझियाका रुपकुमार क्षेत्री, महोत्तरीका सुरेश सापकोटा, सप्तरीका राजु श्रेष्ठ, नेपाली सेनाका गणपति निरज भण्डारी, प्रहरी उपरीक्षक अविनारायण काफ्लेलगायत समाजसेवी, शिक्षक र सञ्चारकर्मीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस