काठमाडौँ । काठमाडौँको धोबी खोलामा एक पुरुषको शव फेला परेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ७ रातोपुल र कालोपुलबीचमा एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका हुन् ।
उनका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विशाल कार्की मृत फेला परेका हुन् । उनको शव आइतबार दिउँसो फेला परेको हो। उनी त्यस क्षेत्रमा फोहोर मैलामा काम गर्थे ।
उनको परिवार सम्पर्क आएपछि उनको पहिचान खुलेको हो। शवको पोस्टमार्टम गर्न महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ ।
उनको मृत्यु कसरी भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए ।