विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । सरकारले विद्यार्थीलाई लक्षित गरेर विद्यालयबाटै कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ ।

आगामी जनवरीदेखि विद्यार्थीलाई विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।

आज (आइतबार) बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए ।

त्यसका लागि ४० लाख डोज दुर्गम तथा जनघनत्व बढी भएका जिल्लामा फाइजर र सहजै व्यवस्थापन गर्न सकिने जिल्लाहरूमा मोर्डना खोप दिइने परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लाल कर्णले बताए ।

सरकारले यो उमेरका बालबालिकालाई दिन ६० लाख डोज फाइजर र ४० लाख डोज मोर्डना खोप ल्याउने निश्चित भइसकेको छ ।

जनवरीदेखि खोप केन्द्रलाई बढाएर १८ हजार पुर्‍याउने गरी तयारी गरिरहेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस