दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा


१९ मंसिर २०७८, आइतबार


दाङ । दाङका छ वटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो ।

जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो ।

ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ ।

यसअघि गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाइएको थियो ।

उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस