कञ्चनपुरमा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्युपछि राजमार्ग अवरुद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्युपछि राजमार्ग अवरुद्ध


१९ मंसिर २०७८, आइतबार


महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जिपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जिप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पिक सडक बनाइरहेको बताए ।

सम्बन्धित समाचार:कञ्चनपुरमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस