कञ्चनपुरमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु


१९ मंसिर २०७८, आइतबार


कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् । ‘ठक्कर दिने गाडीको पहिचान भइसकेको छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।’

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस