कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइ जना गम्भीर घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइ जना गम्भीर घाइते


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । थापाथलीमा कुखुरा बोकेको गाडिले स्कुटरलाई ठक्कर दिँदा दुइजना गम्भीर घाइते भएका छन् ।

थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको गाडिले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको छ ।

गाडिको ठक्करबाट स्कुटरमा सवार दुइजना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । आज विहान करिब पौने ६ बजे तिर उक्त दुर्घटना भएको हो ।

थापाथली र त्रिपुरेश्वरको विचमा रहेको ट्राफिक प्रहरी कार्यालयको अगाडि उक्त दुर्घटना भएको हो । ठक्करबाट स्कुटीको अगाडिको आधाभन्दा बढी भाग गाडिभित्र छिरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस