२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको उम्मेदवारी दर्ता सुरु

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ ।

निर्वाचन समितिका अनुसार आज (शुक्रबार) ११ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको हो ।

निर्वाचन समितिका सहसंयोजक तोरणबहादुर गुरुङका अनुसार उम्मेदवारी दर्ताको समय १ बजेसम्म जारी रहने छ। त्यसपछि उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ ।

अपराह्न ५ बजेसम्म दाबी विरोध र फिर्ताको समय तय गरिएको उनले जानकारी दिए । अपराह्न ५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ। उम्मेदवारको अन्तिम सूची प्रकाशनसँगै शुक्रबारका लागि सबै कार्यक्रम सकिनेछन् ।

त्यसपछि शनिबार बिहानबाट मतदानको कार्यक्रम राखिएको गुरुङले बताए। राप्रपा महाधिवेशनमा चार हजार चार सय ७१ जना मतदाता छन्।

राप्रपा पदाधिकारीमध्ये अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्रीका लागि निर्वाचन हुने भएको छ ।

एक सय ९९ सदस्यीय केन्द्रीय कार्य समितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदै छ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनीत हुन्छन् ।

सह महामन्त्री ७ जना, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनीत हुने व्यवस्था छ ।

अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच भिडन्त हुँदै छ ।

प्रतिक्रिया दिनुहोस